घुस र उपहार लिएर आउने चेष्टा नगर्न गृह मन्त्री श्रेष्ठ चेतावनी
काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठले, आफुलाई उपहार तथा घुसको प्रलोभनमा पार्ने चेष्टा नर्गन चेतावनी दिएका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयबाट विदा भएर आजै गृह मन्त्रालयमा पदभार गरेका मन्त्री श्रेष्ठले मन्त्रालयका कर्मचारीसंग भने ‘म पाँचवटा क्याटागोरीको चिज खान्न, माछा मासु, रक्सी अक्लोहल खान्न, कोल्ड डिङ्क्स, चिया कफी, चिया खानु परे ग्रिन टि खान्छु अर्को, खैनी चुरोट तमाखु, पान सुपारी समेत खान्न पाँचवटा क्याटागोरीको चिज खान्न । तर मैले अहिले कामको शिलशिलामा चै अर्को चिज खान्न भन्नु पनि आवश्यक चिज छ म घुस खान्न र उपहार खान्न ।’
त्यस्तै उनले आफ्नो कामको शिलशिलामा ढिला सुस्ती नर्गन सबैलाई निर्देशन दिए ।
‘अब नेपाली टाइम त हो भनेर अब छुट पाइदैन्’ उनले भने ‘यदी यति अवधिमा काम सक्ने भन्ने अनि काम गरेपनि हुने नगरेपनि हुने भन्ने कुरा अब सह्य हुन सक्दैन’
त्यस्तै पदिय दायित्वको दुरुपयोग नगर्न उनले चेतावनी दिए ।
तीन महिनामा धेरै राम्रा काम गरेको : मन्त्रि श्रेष्ठको दाबी
गृह मन्त्रालयमा स्थानान्तरण भएका, निवर्तमान भौतिक पुर्वधार मन्त्री नारायण काजी श्रेष्ठले ३ महिनाको अवधिमा इमान्दारी पूर्वक धेरै राम्रो काम गरेको दाबी गरेका छन् ।
शुक्रबार मन्त्रिपरिषद् विस्तार भए लगतै, भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले, आफूले कसैको दबाबमा नपरी सक्दो राम्रो काम गरेको दाबी गरे ।
उनले भने ‘आन्तरिक क्षेत्रमा दुईवटा कुराबाट आफूलाई मुक्त राख्न दृढता पूर्वक काम गरेर त्यस अनुसार काम ग¥र्यौ । कुनै राजनीतिक दबाब वा कुनै पनि पनि दबाबमा काम नगर्ने चाहे कर्मचारीहरूको पदस्थापन,सरुवाका सन्दर्भमा होस हाम्रो आयोजनाको सन्दर्भमा होस । सबै ठाउँमा सकारात्मक ढङ्गले काम गरेका छौँ ।
पद भनेको जिम्मेवारी मात्र भएको बताएका उनले आफू नरहे पनि मन्त्रालयको कामहरू परिणाममुखी बनाउन आफू सधैँ तत्पर रहेको बताए ।















