अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई म्यानहट्टन ग्रान्ड जूरीले लगायो अभियोग, आत्म समर्पण नगरे पक्राउ पर्न सक्ने

न्यूयोर्क/ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन ग्रान्ड जूरीले वयश्क चलचित्रकी नायीका स्टोर्मी डेनियल्सलाईको काण्ड लुकाउन रकम खर्च गरेको आरोपमा अभियोग लगाउने निर्णय गरेको छ।
ट्रम्प माथि सन् २०१६ को राष्ट्रपति चुनाव अभियानमा डेनियल्स सँगको सम्वन्ध लुकाउन एक लाख तीस हजार अमेरिकी डलर खर्च गरेको आरोप लाग्दै आएको छ।
ट्रम्पका पूर्व व्यक्तिगत वकील माइकल कोहेनले डेनियललाई सन् २००६ को कथित सम्बन्धको बारेमा मौन बस्न भन्दै सो रकम खर्चेको आरोप छ।
बिहीबार स्टर्मी डेनियलको “काण्ड लुकाउन पैसा खर्च गरेको” अनुसन्धानमा प्रमाण सुनुवाइ गर्दै पूर्व राष्ट्रपतिलाई अभियोग लगाउन मतदान गरेको जनाइको छ। सील गरिएको अभियोग बिहीबार साँझ क्लर्कको कार्यालयमा दायर गरिएको भनिएको छ।
७६ वर्षीय ट्रम्पले अर्को हप्ता कानूनी निकायमा आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ। त्यसो नगरे उनी पक्राउ पर्न सक्ने जनाइएको छ।
तर ट्रम्पले अभियोगलाई “चुनावमा हस्तक्षेप” भनेका छन्।
“यो राजनीतिक उत्पीडन र इतिहासको उच्चतम स्तरमा चुनावी हस्तक्षेप हो,” उनले एक विज्ञप्तिमा भने। ट्रम्पले डेमोक्र्याटहरूले निर्दोष व्यक्तिलाई दोष लगाउन खोजिएको भनेका छन्।
ट्रम्पका वकिलहरू सुसान नेचेल्स र जोसेफ टाकोपिनाले ट्रम्पले “कुनै अपराध नगरेको” र “अदालतमा यो राजनीतिक अभियोगलाई कडाइका साथ लड्ने” बताएका छन्।
ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवारको दौडमा छन्। उनले म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले गरेको अनुसन्धानलाई “रिपब्लिकन पार्टीको प्रमुख उम्मेदवारलाई हटाउने प्रयास गरेको राजनीतिक विच-हन्ट” भनेर आलोचना गरेका छन्।
“मैले बिल्कुल गलत गरेको छैन।” ट्रम्पले भनेका छन्। ट्रम्पले यस अगाडि पनि आफु मार्च २१ मा गिरफ्तार हुने भन्दै आफ्ना समर्थकहरूलाई विरोध गर्न आह्वान गरेका थिए।
अमेरिकाको इतिहासमा बहालवाला वा पूर्व राष्ट्रपतिलाई पहिलो पटक अभियोग लगाइएको हो। यदि ट्रम्पलाई धोखाधडीको अपराधको रूपमा दोषी ठहराइयो भने उनलाई चार वर्ष जेल सजाय हुन सक्छ।
ट्रम्प विरूद्वको मुद्दा के हो ?
यो मुद्दा पोर्न स्टार स्टोर्मी डेनियल जसको वास्तविक नाम स्टेफनी ग्रेगरी क्लिफर्डसँग सम्बन्धित छ, जसले ट्रम्पसँग एक दशकअघि अफेयर भएको बताएकी थिइन्। यद्यपि ट्रम्पले अफेयरको खण्डन गर्दै आएका छन्।
गत वर्ष कागजातहरू छानबिन गर्दा ट्रम्प र उनका पूर्व शीर्ष सहयोगी होप हिक्सले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा उनको मुख बन्द राख्न ठूलो रकम ‘हश मनी’ (hush money) तिर्न प्रत्यक्ष रूपमा संलग्न भएको भन्ने खुलासा भएको थियो। यसपछि ट्रम्पका पूर्व वकिल माइकल कोहेनले गत वर्ष अगस्टमा आफ्नो अपराध स्वीकार गर्दै ट्रम्पको आदेशमा स्टर्मीलाई पैसा दिएको बताएका थिए। तर त्यसमा ट्रम्पको प्रत्यक्ष भूमिका थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।
कागजातका अनुसार अक्टोबर २०१६ मा स्टर्मीलाई १ लाख ३० लाख डलर भुक्तानी गरिएको थियो। कोहेनले स्टर्मीलाई पैसा दिनुअघि ट्रम्पसँग फोनमा दुई पटक कुरा गरेका थिए। स्टर्मीले यसअघि सन् २००६ मा ट्रम्पसँग घनिष्ट सम्बन्ध रहेको दाबी गरेकी छन्।
ट्रम्प २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए र उनले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा जितेर पुन व्हाइट हाउसमा फर्कने प्रयास गर्ने बताएका थिए। तर, उनी माथि अदालत द्वारा लागेको अभियोगका कारण उनी आउदो राष्ट्रपतिया निर्वाचनमा उम्मेद्वार हुन अयोग्य भएका छन्।