नागरिकतालाई लैंगिक दृष्टिले हेरियो : सांसद् परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टी(रास्वपा) का सांसद सन्तोष परियारले राज्य जनताको भएको हुँदा कसैलाई अनागरिक बनाउन नहुने बताएका छन् ।
बिहीवार नागरिकता सम्वन्धि विधेयकमा धारण राख्दै उनले नागरिकतालाई मानव अधिकार जोडिनु पर्ने धारणा राखे । नागरिकतालाई अझै पनि लैङ्गिक दृष्टिकोणबाट हेरिएको उनको भनाई छ । राज्य जनताको भए हुँदा सबै नागरिकलाई गरिने व्यवहार समान हुनु पर्ने उनले बताए ।
उनले भने, ‘राज्य जनताको हो । कसैलाई अनागरिक बनाउन पाईदैन । नागरिकतालाई मानव अधिकारसंग जोडेर हेर्नु पर्नेमा लिंगसँग जोडेर हेरियो । नीति छ । तर। त्यसको कार्यन्वयन भएको छैन । व्यवस्था परिर्वतन भए । तर, व्यवहार परिर्वतन भएन ।’
राज्यको अवधारणा पितृसतात्मक नै भएको बताउँदै बैठकमा उनले ज्ञानको दायरा फराकिलो हुदै गए पनि चेतनास्तर परिर्वतन नभएको धाराण राखे । सबै नागरिकको आवाजले लोकतन्त्रिक गणतन्त्र आएपनि व्यवहारमा अझै परिर्वतन नआएको टिप्पणी छ । राज्य उच्च खस पुरुष जातिको बताउँदै उनले राज्य यस विषयमा संवेदनशिल हुनुपर्नेमा जोड दिए ।