नेपाली क्रिकेटको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ क्यानले वैशाख ५ गतेदेखि काठमाडौंमा सुरुहुन लागेको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक क्रिकेट टोली घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक मोन्टी देशाई पछिल्लो सिरिज पछि विदा मनाउन गएका छन् भने उनी शनिबार काठमाडौं आइपुग्ने छन् ।
प्रशिक्षकको सहमतिमा २१ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।
रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा देव खनालले कमब्याक गरेका छन् ।
काठमाडौंको कीर्तिपुर र मुलपानी मैदानमा गरी २४ वटा खेल हुने छन् ।
फाइनल खेल वैशाख १८ गते हुने छ । एसीसी प्रिमियर कपका लागि १० टिमले प्रतिस्पर्धा गर्दा २ समूहमा विभाजन गरिएको छ ।
समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् ।
फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।
एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।
