नायक शिव श्रेष्ठ अब “पोडकास्ट”मा
काठमाडौं । सुपरस्टार शिव श्रेष्ठले “शिव दाई” नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन् ।
उनले संगलबार आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जानकारी दिएका हुन् ।
नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन् ।
विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले बताए । श्रेष्ठले आफ्नो कार्यक्रम मार्फत सहकार्यको ४१ वर्ष समावेश गर्ने बताएका छन् ।
उनले भने ‘आज मैले रोकेर आफुलाई रोक्न सकिन । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झीन सकु ।’
उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रम मार्फत कार्यक्रमको औपचारिक घोषणा गर्ने तयारी भएको पनि जानकारी दिए ।














