सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गराएका छन् ।
यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
१७ वर्षीय बालिका बलात्कार अभियोगमा लामिछाने गत २० असोजमा पक्राउ परेका थिए । पुरपक्षका लागि कारागार चलान भएका उनलाई उच्च अदालत पटकले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
सन्दीप विरुद्ध पीडितले गत २१ भदौमा प्रहरी वृत गौशलामा जाहेरी दिइएकी थिइन् । जाहेरीमा उल्लेख भए अनुसार बालिका गत ५ भदौमा गौशलास्थित होटलमा बलात्कृत भएकी थिइन् ।















