फिनल्यण्ड लगातार छैटौं वर्ष खुसी राष्ट्र घोषित
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
फिनल्याण्ड । फिनल्याण्ड लगातार छैटौं वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्र घोषित भएको छ ।
यसपछि डेनमार्क र आइसल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । शीर्ष २० देशहरूमा कुनै एसियाली देश छैन। इजरायल यस वर्ष पाँच स्थान माथि उक्लिएर चौथो स्थानमा पुगेको छ भने नेदरल्यान्ड्स पाँचौं स्थानमा छ ।
शीर्ष १० मा रहेका अन्य देशहरूमा स्वीडेन, नर्वे, स्विजरल्याण्ड, लक्जमबर्ग र न्यूजिल्याण्ड पर्छन्। तर जर्मनी गत वर्षको तुलनामा दुई स्थान झरेर १६ औं स्थानमा झरेको छ । अमेरिका, बेलायत र फ्रान्स क्रमशः १५औँ, १९औँ र २१औँ स्थानमा छन् ।
यसैबीच, सर्वेक्षणमा अफगानिस्तान र लेबनान दुई दुखी देश रहे। सोमबार वर्ल्ड ह्याप्पिनेस रिपोर्ट सार्वजनिक भएको हो ।
प्रतिवेदनले जीवनको मूल्याङ्कनमा योगदान गर्ने कारकहरू पहिचान गर्यो – जसमा आम्दानी, स्वास्थ्य, विश्वास, जीवनका प्रमुख निर्णयहरू गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको अनुपस्थिति समावेश छ।
प्रतिवेदनले जीवन र स्वतन्त्रताको अधिकार, दासत्व र यातनाबाट स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता र काम र शिक्षाको अधिकारलगायत आधारभूत मानवअधिकारहरूमा विना भेदभावको हक हुने कुरामा जोड दिएको छ।















