अमेरिकामा गिरिजाबाबुको सम्झना,यसरी मनाइयो १३ औं स्मृतिदिवस
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
न्यूयोर्क,अमेरिका / नेपालमा गणतान्त्रिक आन्दोलनका नेता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको (गिरिजाबाबु) १३ औं स्मृतिदिवस अमेरिकाको न्यूयोर्कमा मनाइको छ।
गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरले मंगलवार न्यूयोर्क क्वीन्स स्थित उड्साईडमा एक कार्यक्रमका बीच गिरिजाबाबुको सम्झना गरेको हो।
उड्साईडमा रहेको फाउण्डेशनको कार्यालय कोइरालाको स्मरणमा दीपप्रज्वलन एवं तस्वीरमा माल्यार्पण गरिएको थियो।
कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिंग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कांग्रेस युवा नेता नेता विजय थुलुङ्ग, समाजसेवी निमा तामाङ्ग,डोमा शेर्पा लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा कोइरालाले नेपाली राजनीतिमा दिएको ऐतिहासिक योगदान र शान्ति प्रकृया एवं समसामयिक राजनैतिक परिवेशको वारेमा स्मरण एवं चर्चा गरिएको थियो।
फाउन्डेशनका उपध्यक्ष्य सुवर्ण लामाले कोइरालाले नेपालमा राणाशासनदेखी गणतन्त्र स्थापना गर्दासम्म आफ्नो सारा जीवन देश,जनता र क्रान्तिको लागि समर्पित गरेको भन्दै उनी एक अद्वितीय राजनीतिज्ञ भएको बताए।

यसैगरी महासचिव छिरिङ्ग राप्के लामाले गिरिजाबाबु क्रान्तिनायक र शान्तिनायक गरि दुवै तर्फ स्थापित भएको बताए।
युवा नेता विजय थुलुङ्गले कोइराला साँच्चिकै नोवेल शान्तिपुरस्कारको हकदाता भएको तर विश्वमञ्चमा उचित लवि र प्रचारको कमीले सो गुमेको धाराणा राखे।
प्रवक्ता अधिकारीले अहिले नेपालले कोइराला जस्तो राष्ट्रभक्त र निडर एवं निर्णयात्मक क्षमताको धनी नेता गुमाएको परिपेक्षमा कुशल राजनेताको अभावमा गणतन्त्रनै कतै खतराको मार्गमा लम्किएको त छैन भनी चिन्ता जाहेर गरे।
















