विश्वासको मत दिए पनि गुण र दोषका आधारमा समर्थन : रास्वपा
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गर्नु परेको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले आफूहरु सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्धाहरु रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री दाहाललाई फेरी पनि विश्वासको मत दिन लागिएको बताए ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकारले जे गर्दा पनि ठिक हो भन्नका लागि आफूहरुले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पारे ।
उनले आफ्नो दललाई आपत परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिए । गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्ने पनि प्रष्ट पारे ।
उपसभापति अर्यालले जनताले आफ्नो पार्टीबाट आशा गरेको उल्लेख गर्दै उनीहरुको सो अपेक्षा पूरा हुने गरी काम गर्न प्रतिवद्ध भएर लागिपर्ने बताउनु भयो ।












