ह्यारिसबर्गमा खेलियो फागु (भिडियो सहित)
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गमा आइतवार फागु पूर्णिमा अर्थात होलि पर्व धुमधाम सँग मनाइएको छ।
डेरी स्ट्रिट स्थित खुल्ला चौरमा उपस्थित सयौंको संख्यामा नेपाली समुदायले एक आपसमा रङ्ग दलेर खुसी साटासाट गरेका थिए।
ब्लूमिङ लोटस डान्स स्टुडियो ह्यारिसबर्गले यो अवसर जुराएको हो । दुर्गा शिवाकोटी र निरु शिवाकोटी डान्स स्टुडियोका संचालक हुन्।
कार्यक्रममा एक आपसमा रङ्ग दल्नुका साथै नृत्य पनि प्रस्तुत गरिएको थियो।
रङ्ग दल्ने क्रममा युवा युवति तथा बालबालिकाहरु निकै उत्साहित देखिन्थे ।
























