आप्रवासी प्रति कडा बन्दै बेलायती प्रधानमन्त्री सुनक
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायतमा अवैध आप्रवासन रोक्न कडा कानुन ल्याउने तयारी गरेका छन् ।
उनले आप्रवासी समस्या समाधान गर्न नयाँ प्रस्तावित कानूनको घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनक सरकारले आप्रवासन समस्या समाधानका लागि अर्को साता संसदमा विधेयक ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री सुनकले छिमेकी मुलुक फ्रान्ससँगको बेलायतको सामुद्रिक सीमाबीचको यो अवैध मार्गलाई यस वर्षको आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । एक पत्रिकालाई दिएको अन्तर्वार्तामा सुनकले अवैध रूपमा बेलायत आउने गल्ती नगर्न पनि चेतावनी दिएका छन् ।
ऋषि सुनकले भने, ‘अवैध अध्यागमन मेरो शीर्ष पाँच प्राथमिकतामध्ये एक हो । किनभने, यो बेलायतका करदाताहरूलाई उचित छैन। यो कानुनी प्रक्रिया मार्फत बेलायत आउने मानिसहरूका लागि पनि सत्य होइन ।’