आठ दलको बैठकको निर्णय : नेपाली कांग्रेसलाई राष्ट्रपति दिने

काठमाडौं । बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ ।
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आजको बैठकको निर्णय गठबन्धनका लागि टर्निङ पोईन्ट भएको बताए ।
उनले भने, प्रधानमन्त्रीले नै आजको बैठक गठबन्धनका लागि टर्निङ पोइन्ट हो अब देशको हितका लागि सबै दल मिलेर अघि बढ्ने हो भन्नु भएको छ ।
उनले आजको बैठकमा भागबण्डा अन्य विषयमा भने कुनै कुरा नभएको बताएका छन् । उनले भने आजको एजेण्डा एउटा मात्रै थियो त्यसमा सहमति खोजियो पावर शेयरिङको विषयमा भने विस्तारै छलफल हुन्छ ।
संयुक्त बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हालको सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।