५ सय ५५ वटा मादल एकै पटक बजाएर : सेनाको विश्व रेकर्ड
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।
मौलिक बाजा महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधिले सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
सेनाले स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते ५ सय ५५ संख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गर्नुभएको हो ।











