महाशिवरात्रीमा अवाञ्छित गतिविधि गर्ने ९१ जना पक्राउ
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । महाशिवरात्रीमा आवाञ्छित गतिविधि गर्ने ९१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पशुपति क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले, महाशिवरात्रीमा, पाकेट पार्ने र मोवाईल चोरेर भाग्ने लगायतका अवाञ्छित क्रियाकलाप गर्ने १ महिला र ९० पुरुषलाई पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।
पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
पशुपतिनाथमा सुरक्षा चुस्त बनाउन ३४ सय प्रहरी खटाइएको उनले बताए ।















