हाम्रो सभ्यतामाथि हमला भईरहेको छ : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले विभिन्न नाममा नेपाली संस्कृति र सभ्यतामाथि हमाला भईरहेको बताएका छन् ।
भक्तपुरको नगरकोटमा बिहिबार आयोजित शिब पार्वती रथ यात्रा तथा १०८ फिट अग्लो शिवमूर्ति निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न नाममा नेपाली संस्कृति, ईतिहास र सभ्यतामाथि हमाला भईरहेको बताए ।
उनले भने ‘विभिन्न नाममा हाम्रो संसकृती ईतिहासमाथि सभ्यतामाथि हमाला भईरहेको छ । अतिक्रमण भईरहेको छ थिचोमिचो भईरहेको छ । हाम्रो कतिपय दिदि भाई दाजुबहिनी हरु नबुझि साना कुरामा हाम्रा संस्कृती विपरीतका काम गरि पहिचान समाप्त पार्न खोज्ने गर्छन यसबाट धेरै तत्वहरु क्रियाशिल छन् । त्यस्ता तत्वबाट हाम्रो गौरवपूर्ण ईतिहास संस्कृति जगाउँन फेरी नबोउत्थान गर्नुपरेको छ । ’
अध्यक्ष ओलीले नेपालीहरुले इमान छोड्दै गएको संकेत गरे उनले जनावरले वेईमानी नगरी रक्षाको लागि आफ्नो ज्यान खतरामा राख्ने तर मानिसहरुले आफन्तलाई नै धोका दिन नछोडेको टिप्पणी गरे ।
उनले भने ‘हाम्रो देव भूमि कस्तो भयो भने सिसि टिभि लगाएन भने त कसले के गर्छ भन्नै नसकिने भयो । पकेट खुल्ला गरेर हिड्न नहुने भयो । हामी देवताका सन्तान हौं । तर हामीले कसैलाई कस्तो बनाएका छौं । भने जनावरले वेईमानी गदैन धोका दिदैन तर हामी आफन्तलाई नै धोका दिन छोड्दैनौ । तपाईहरुले जनावरको सङगत गनुभयो भने भोका दिदैन् तपाईको रक्षाको लागि आफ्नो ज्यान खतरामा राख्छ ।’
शिव पार्वतिको गुनगान गाएर मात्र धर्म नहुने भन्दै घरको श्रीमान श्रीमतिलाई सम्मान गरे धर्म हुने भन्दै उनले घरबाटै सभ्य समाज निर्माणको पहल थाल्नु पर्ने बताए ।
कतिपय जोगिहरुले धर्मको नाममा पैसा कमाएर व्यापार, जिनेस चलाएको टिप्पणी छ ।
















