मेयर बालेन शाहले हालेको रिटमा सर्वोच्चको अन्तरिम आदेश जारी
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सर्वोच्च अदाललते, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ।
समयमै निर्वाचन खर्च नबुझाएको भन्दै, निर्वाचन आयोगले शाहलाई जरिवाना र पदमुक्त गर्ने प्रक्रिया अघि बढाएपछि त्यस विरुद्ध सर्बोच्च पुगेका शाहको रिटमाथि सुनुवाईगर्दै बुधबारको संवैधानिक इजलासले निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले शाहलाई निर्वाचन खर्च नबुझाएको भन्दै कारबाही गर्नुपर्नाको कारण पेश गर्न समेत आदेश दिएको छ।
गत वर्ष वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका शाहले ३० दिनभित्र निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले जरिवाना गरेको थियो।
शाहले भने आफूले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेमा ३० औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको दावी गरेका छन् ।
आयोगले शाहलाई समयमै निर्वाचन खर्च नबुझाएको भन्दै ७ लाख ५० हजार जरिवाना तोकेको छ।
निर्वाचन आयोगबाट जरिवाना हुने निर्णयहरू बदर गर्नसमेत उनले माग गरेका छन्।












