मन्त्रीले नै संविधानको बर्खिलापमा बोल्न मिल्छ ? : एमाले सांसद पन्त

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमाले सांसद् रघुजी पन्तले, सरकारका मन्त्रीले नै संविधान विरोधी अभिव्यक्ति दिइरहेको भन्दै आपत्ति जनाएका छन् ।प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले, संविधान विपरीत मन्त्रीहरूले नै संविधान विरोधी अभिव्यक्ति दिइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
सरकारमा सहभागी मन्त्रीहरूले नै, संविधानको मान्यता विपरीत धर्म निरपेक्षतालाई मान्दिन, संघीयतालाई मान्दिन भन्दै बोलेको प्रति उनले संविधान अनुसार शपथ ग्रहण गरेका मन्त्रीहरूले संविधान विपरीत बोल्न नमिल्ने बताए ।
उनले शहरी विकास मन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले संविधानको बर्खिलाप गर्ने गरी अभिव्यक्ति दिएको भन्दै ध्यानार्षण गराए ।