रवि लामिछानेले नागरिकता पुन: प्राप्ति नगरेको सर्वोच्चको ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

Getting your Trinity Audio player ready...
|
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुन: प्राप्ति नगरेको ठहर सर्वोच्च अदालतले गरेको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह रहेको संवैधानिक इजलासले यस्तो ठहर गरेको हो।
यो सँगै लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खारेज भएको छ।
सर्वोच्चले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर भएका सबै काम अवैध हुने भनेको छ ।
संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।
लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछि उनी दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।