जसपाको निष्कर्ष मन्त्रीमण्डलमा न्यायोचित सहभागिता गराउन नचाहेको

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक मंगलबार बसेको छ । पार्टी कार्यालयमा बसेको उक्त बैठकले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन उच्चस्तरीय राजनीतिक संयन्त्रले नचाहेको निष्कर्ष निकालेको छ ।
संसदीय दलको अर्को बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उक्त बैठकले समसामयिक विषयमा पार्टीले आफ्नो धारणा बनाउने उनको भनाइ छ ।
सत्ता साझेदार दलले जसपालाई २ मन्त्रालय दिने बताएपनि उसले त्यसलाई अस्वीकार गरेको थियो ।