दण्डहिनताको दुष्चक्रमा अग्रसर सत्ता राजनीति

Getting your Trinity Audio player ready...
|
सुरेश सुवेदी
काठमाण्डौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ७ पुसमा सांसदको शपथ खाँदा आफ्नो ट्यागलाइन नै बनाएको ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ भन्ने वाक्यलाई दोहोराएका थिए । शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए पनि । अन्ततः उनले ठेकेदार पृष्ठभूमिका सांसदलाई मन्त्री बनाएका छन् । अहिले पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाइरहेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसमध्ये सहरी विकासमन्त्री विक्रम पाण्डे बनेका छन् ।
चितवन ३ बाट निर्वाचित पाण्डे भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता हुन् । समाचारहरुका अनुसार कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीका लागि दाबी गरिरहेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् ।
सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारिरहेको छ । अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
गृहमन्त्रीको गञ्जागोल यात्रा
विधिको शासन पालनाबारे चर्को आवाजमार्फत स्थापित भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दण्डहिनताको सत्ता यात्रामा देखिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि रहेका लामिछानेले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । लामिछाने नागरिक र राहदानी विवादमा तानिएका छन् । आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि लामिछाने गृहमन्त्री बनेको आरोप लागेको छ ।
एमाले सांसद विरुध्द पक्राउ निर्देशन दिएका गृहमन्त्रीसँगै संसदमा देखिएमा अनौठो नमाने हुन्छ । पाण्डे पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सहरी विकास मन्त्री बनेका छन् ।
त्यस्तै, अर्का उपप्रधान तथा अर्थ मन्त्रीको बालुवाटार जग्गा बिवादले यस अधि नै बद्नाम भेसकेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल पेशाले म्यानपावर व्यावसायी हुन् । उनैलाई श्रम मन्त्रालय जिम्मा लगाउनु पर्ने के त्यस्तो बाध्यता होला ?
अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालन समितिका सदस्य हुन्। उनी उक्त प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर हुन्।
यस्तै अर्याल रेमिट्यान्स सञ्चालक पनि रहेको पाइएको छ। उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक समेत हुन्।