प्रवासी नेपाली मञ्च न्यूयोर्कद्वारा थापाद्वय र कार्कीको सम्मान

न्यूयोर्क, अमेरिका / प्रवासी नेपाली मञ्च न्यूयोर्क च्याप्टरले अन्तर्राष्ट्रिय कमिटीको विभिन्न पदमा निर्वाचित आफ्ना सदस्यलाई सम्मान गरेको छ।
गत नोभेम्बरमा काठमाडौंमा सम्पन्न मञ्चको अन्तर्राष्ट्रिय कमिटीको महाधिवेशनले न्यूयोर्क निवासी सञ्जय थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो।
सोही कमिटीको सदस्यमा न्यूयोर्क निवासी कुन्ती थापा निर्वाचित भएकी थिइन। यस्तै उत्तर अमेरिका महादेश कमिटी सदस्यमा अशोक कार्की निर्वाचित भएका थिए।
उनीहरुको सम्मानमा न्यूयोर्क च्याप्टरले आइतवार न्यूयोर्कमा बधाइ तथा शुभकामना कार्यक्रम गरेको हो।
सम्मान पछि बोल्दै अध्यक्ष थापाले आफुले विश्वभरी छरिएका नेपालीको नागरिकता लगायत हरेक समस्याहरुमा नेपाल सरकार, गैरआवासीय नेपाली संघ लगायत सरोकारवाला निकाय सँग समन्वय र सहकार्य गरि काम गर्ने बताए।

यस्तै सदश्य कुन्ती थापाले अमेरिकामा मञ्चको स्थापनामा आफ्नो योगदानको चर्चा गर्दै आउँदा दिनमा पनि अमेरिकी प्रवाशी नेपालीको बृहत्तर सम्वृद्धिको निम्ति निरन्तर पैरवी गरिरहने बताइन।
कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि नेकपा एमालेका नेता नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले नवनिर्वाचित पदाधिकारीलाई “सुखी प्रवाशी-सम्बृद्ध नेपाल” को मिसनमा उल्लेखनीय सफलताका लागि शुभकामना दिए।
यस्तै जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले विचार र आस्थाले फरक संगठन भएपनि प्रवासीहरुको समस्या निराकरणका लागि दुई सस्था बीच सहकार्यमा जोड दिए।
कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा, मञ्चका अमेरिकाका राष्ट्रिय अध्यक्ष कृष्ण लामिछाने, फिप्नाका महासचिव टोमा लामाले नवनिर्विचतहरुलाई बधाई तथा शुभ कामना दिएका थिए।
यस्तै केवाइसी न्युयोर्कका अध्यक्ष सुमन लिम्बु, नेपाल सरकारका न्युयोर्कस्थित पर्यटन दुत केशबराम राई, लायन्स क्लब इन्टरनेसनलका बिशेष क्लब कोअडिनेटर लायन कृष्ण आचार्य लगायतले नवनिर्वाचितलाई बधाई तथा शुभ कामना दिएका थिए।
मञ्च न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिंग्देंनको सभापतित्वमा भएको कार्यक्रमको संचालन च्याप्टरका सचिव बलभद्र खडायतले गरेका थिए।