एन्फा अध्यक्ष नेम्वाङको संयोजकत्वमा एडिभिजन लिग सञ्चालन समिति गठन
काठमाडौं । अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि सञ्चालन समिति गठन गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फाको आकस्मिक बैठकले अध्यक्ष नेम्वाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका सदस्यहरु सदस्य रहनेगरी लिग सञ्चालनका लागि समिति गठन गरेको हो ।

बैठकले ए, बी र सी डिभिजन लिगको आयोजनाका लागि आवश्यक पर्ने सेवा तथा सामग्रीको लागि टेन्डर आह्वानको जिम्मेवारी एन्फा सचिवालयलाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, एन्फा ए, बी र सी डिभिजन लिगका लागि तीन सदस्यीय इन्ट्रीग्रिटी समितिको गठन गर्ने निर्णय गरेको छ ।
ए डिभिजन लिगफागुन १९ गतेदेखि र बी डिभिजन लिग चैत १५ गतेदेखि सुरु हुने तालिका छ ।
बैठकले महान् खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको एन्फाले जनाएको छ । ब्राजिललाई तीनपटक विश्वकप जिताएका पेलेको ८१ वर्षको उमेरमा पुस १४ गते निधन भएको थियो ।