अमेरिकी राजदूत र सिके राउतबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच बुधवार भेटवार्ता भएको छ ।
बुधवार बिहान राउतको पार्टी कार्यालय पुगेका अमेरिकी राजदूत थम्पसनले राउतसँगै उनको पार्टीका पदाधिकारीहरूसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएको महासचिव चन्दनकुमार सिंहले जानकारी दिए । ‘अमेरिकी राजदूत थम्प्सन लगायतका अधिकारी आज बिहान पार्टी कार्यालयमा आएर अध्यक्ष लगायत पार्टीका पदाधिकारीसँग कुराकानी गर्नुभयो । भेटमा समसामयिक राजनीतिबारे चर्चा भयो ।’
त्यस्तै राजदूत थम्प्सनले अध्यक्ष राउतलाई राष्ट्रिय पार्टी बनेकोमा बधाई पनि दिएको सिंहले बताए ।
प्रतिनिधिसभा निर्वाचनपछि अमेरिकी राजदूत थम्प्सनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन् ।