नेपालमा रेमिट्यान्स र लगानीबारे प्रवासी नेपाली मञ्चको अन्तरक्रिया

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका/ प्रवासी नेपाली मञ्च अमेरिकाले नेपालमा रेमिट्यान्स र लगानी विषयमा अन्तरक्रिया गर्ने भएको छ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतित्थमा लगानीका बारेमा अन्तरक्रिया हुन लागेको मञ्चले जनाएको छ।
‘नेपालमा नयाँ सरकार वनेको छ, न्युनतम साझा कार्यक्रम पनि तयार भएको छ । सरकार सँग सँगै नेपालको शेयर वजार पनि उकालो लागि रहेको छ यसै सन्दर्भमा प्रवासी नेपाली मन्च, अमेरिकाले नेपालमा रेमिट्यान्स र लगानी भने अन्तर्कृयात्मक कार्यक्रम राखेको छ।’ मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जुम मार्फत हुने कार्यक्रममा नेकपा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई,गैर आवासीयन नेपाली संघका अध्यक्ष डा. बन्द्री केसी र मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा अतिथि रहने छन्।
‘गैर आवसीय नेपालीहरुले गरेको प्रयत्न त्यसका सहजता/असहजता सहित हामीले जानेका सुझाव र सरकारको तर्फवाट सम्वन्धित विषयमा गरिने काय योजनाको विषयमा हुने छलफल कार्यक्रममा सम्पुर्ण प्रवासी नेपालीलाई निमण्त्रणा गरिएको छ।
कार्यक्रम जनवरी १४ तारिक नेपाल समय वेलुकी ८:४५ ( अमेरिकाको पुर्वी समय विहान १०:००) हुने छ।
प्रवासी नेपाली मन्च अमेरिकाको शिक्षा तथा सीप विभागको अयोजनामा हुने कार्यक्रमको संयोजन विभागीय प्रमुख तथा मञ्चका उपसचिव थोमस बास्तोलाले गरिरहेका छन् ।