प्रधानमन्त्रीको ठाडो निर्देशनपछि घट्यो पेट्रोलियमको मुल्य, ३ रुपैंया प्रति लिटरले घटाइयो मुल्य
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री बनेपछि लोकप्रिय निर्णय र निर्देशन दिदैं आएका पुष्पकमल दाहालको निर्देशन अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रति लिटर ३ रुपैंयाका दरले मुल्य समायोजन गरेको छ ।
आइतवार बसेको आयल निगम सञ्चालक समितिको बैठकले मध्यरात पछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।
हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ । वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले सम्हाले लगत्तै आइतबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।








