नेपाल आउँदै हुनुहुन्छ ? कोभिड नेगेटिभ रिपोर्ट बोक्नुस् !
काठमाडौं । विश्वभर कोरोनाको संक्रमण बढेसंगै नेपालले अन्तर्राष्ट्रिय यात्रुको लागि नियम पुनः संशोधन गरेको छ ।
नेपाल वायुसेवा निगमले जारी गरेको सूचना अनुसार गत महिना नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयका कारण अब अन्तर्राष्ट्रिय यात्रुले कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ ।
सूचनामा यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरिएको छ ।
पढ्नुस् वायुसेवा निगमको सूचनाः















