अमेरिकामा नेपाली समुदायमा अर्को दुखद घट्ना : ग्यास स्टोर संचालक नेपालीको लुटेराद्वारा गोलीहानी हत्या
कोलोराडो,अमेरिका/ अमेरिकामा रहेको नेपाली समुदायले फेरि अर्को दुखद घट्नाको बेहोरेको छ।
कोलोराडोमा एक नेपालीको गोलीहानी हत्या भएको छ। जनवरी पाँच तारिकमा सो घटना भएको हो ।
कोलोराडोको ह्वीट्रिजमा आफ्नै ग्यास स्टोरमा राति काम गर्दै गरेका ५३ वर्षिय भेषराज लामिछानेको लुटेराले गोलीहानी हत्या गरिएको जनाइएको छ।
लामिछाने तनहुँ दमौलीका हुन्। उनका एक श्रीमति र चार छोराछोरी छन्।
लामिछानेको हत्या आरोपमा एक व्यक्तिलाई इन्डियाना पुलिसले पक्राउ गरेको छ। गोली प्रहार पछि लामिछानेकै गाडि लिएर भागेका व्यक्तिलाई पीछा गरेको पुलिसले पक्राउ गरेको छ।
लामिछानेको हत्या गरेको आरोपमा २६ वर्षीय शवनाथन चान्स अहिले हिरासतमा छन् ।
यसै बीच तनहुँ अमेरिका सोसाईटीले घटना प्रति दुख व्यक्त गरेको छ।

यसै गरि कोलोराडो नेपाली समुदायले एक दयालु समुदायको सदस्य गुमाएको तथा चार छोराछोरीका बाबु र परिवारको एकमात्र कमाउने व्यक्तिको हत्या भएको भन्दै आर्थिक सहयोगको अपिल गरिएको छ।















