३ महिना पछि नेपालमा कोरोनाका कारण एकजनाको मृत्यु
काठमाडौँ । करिब ३ महिनापछि नेपालमा कोरोना संक्रमणबाट एक संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कात्तिक ७ गते एकजनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् ।
छिमेकी मुलुकमा संक्रामक मानिएकाे ओमिक्राेनकाे सब भेरिएन्ट ‘बिएफ.७’ फैलिँदा संक्रमण बढिरहेकाे छ । मन्त्रालयले भने नेपालमा हालसम्म याे भेरिएन्ट पुष्टि नभएकाे बताएकाे छ ।










