तुइन चुँडिदा दार्चुलामा एक बालक महाकालीमा बेपत्ता
दार्चुला । दार्चुलाको ब्यास गाउँपालिकामा रहेको तुइन चुँडिदा १० वर्षिय बालक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।
ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए । घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारीमा आएको हो ।
बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।










