अमेरिकामा कार दुर्घटनामा नेपालीभाषी बाबु छोराको निधन
|
Getting your Trinity Audio player ready...
|
ओहायो,अमेरिका/ अमेरिकामा भएको सडक दुर्घटनामा नेपालीभाषी बाबु छोराको निधन भएको छ।
ओहायोमा तीन दिन अगाडि (जनवरी तीन तारिक) अस्पताल जाने क्रममा कार दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा परि गोपिलाल न्यौपाने उनका छोरा रोनित न्यौपानेको निधन भएको हो।
नेपालमा झापाको बेलडाङ्गी क्याममा लामो समय बसेका गोपिलाल १९६६ मा भुटानमा जन्मिएका थिए। उनका छोरा रोनित भने १९९४ मा नेपालमा जन्मिएका हुन्।
गोपिलाले दुई फरक कम्पनीमा काम गर्दै आएका थिए। छोराले आफ्नै रेस्टुरेन्ट ब्यवसाय गर्ने चाहाना व्यक्त गर्दै आएका थिए।
‘भुटनीज न्यूज’ फेसबुक पेजमा जनाइए अनुसार दुबै जनाको अन्त्यष्टी शनिवार बिहान १० बजे हुने जनाइएको छ।
अन्त्येष्टिको लागि मिति र समय—जनवरी ७ तारिक शनिवार, विहान १० बजे ।
स्थान—Cotner Funeral home
7369 E main st, Reynoldsburg, OH 43068












