कांग्रेसले कसैलाई पनि प्रधानमन्त्री अफर गरेको छैनः महामन्त्री शर्मा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका छन् ।
शुक्रबार बेलुकी पार्टी सभापति शेरबहादुर देउवालाई उनको भाडाको घरमा बसेको बैठकमा सहभागि भएर निस्केका शर्माले कांग्रेसलाई कसैलाई प्रधानमन्त्री अफर नगरेको जिकिर गरेका हुन् ।
‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन ।’
उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको जिकिर गरे ।
‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विलकुलै संलग्न छैन,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’
कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला कोही साथीले चिया पिउँदै गर्दा भन्नुभएको भए पार्टीलाई थाहा नहुने उनले बताए ।
पार्टीको नेतृत्वले सावधानी अपनाउन नसक्दा राजनीतिक दुर्घटना भएको भन्दै उनले अन्तिम समयमा महामन्त्रीहरूको पनि पर्याप्त हस्तक्षेप नपुगेको स्वीकार गरे ।
‘अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुनसकेन भनेर हामी पनि आत्मालोचित हौंला,’ उनले भने, ‘तर पनि दुर्घटना नभएर सेफ ल्याण्डिङ भयो, पाइलटको प्रसंशा हुन्छ, दुर्घटना भइहाल्यो भने कोपाइलटलाई दोष लगाउन थालियो भने त्यो पनि राम्रो हुँदैन ।’












