नेपालका लागि अमेरिकी राजदूतले भेटे दुई उपप्रधानमन्त्री
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । अमेरिकी राजदूत डिन आर थोम्पसनले शुक्रवार उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री विष्णु पौडेलसंग भेटघाट गरेका छन् ।
भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको छ ।
भेटमा राजदूत थोम्पसनले दुबै उपप्रधानमन्त्रीद्वयलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








