महामन्त्रीद्वय सहित पार्टीका शीर्ष नेता र पदाधिकारीसंग बैठक बस्दै देउवा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । भावी रणनीति तयार पार्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहित अन्य पदाधिकारीसंग बैठक बसिरहेका छन् ।
शुक्रवार बेलुकी सुरु भएको बैठक यो समाचार तयार पार्दासम्म चलिरहेको छ ।
कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएपछि देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।







