प्रधानमन्त्री प्रचण्डले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको परिवार
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गत हप्ता कम्बोडियाको एक होटल र क्यासिनोमा भएको आगलागीमा ज्यान गुमाएका नेपालका निराकार पाण्डेको परिवारसंग भेट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई भेट गरेका हुन् ।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र उनको शव नेपाल ल्याइ परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गरेका थिए ।
गत बिहीबार राति कम्बोडियामा आगलागीमा परी झापा घर भएका निराकारसहित १९ जनाको निधन भएको थियो । निराकारका बुबा विर्तामोड १ का वडाध्यक्ष हुन् ।








