विश्वकप जिताएका मेस्सीलाई पीएसजीमा ग्राण्ड वेलकम
पेरिस । अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप जिताएर आफु आवद्द फुटबल क्लब फर्किएका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भव्य स्वागत गरेको छ।
विश्वकपपछि विजयोत्सव र पारिवारसँग समय बिताएर ४ दिनअघि नै मेस्सी पेरिस पुगेका थिए। तर उनी बुधबारदेखि प्रशिक्षणमा फर्किएका छन्। प्रशिक्षणमा फर्किएका मेस्सीलाई पीएसजीका सहकर्मीले गार्ड अफ अनरबाट सम्मान गरेका हुन्।
पीएसजीले सार्वजनिक गरेको एक भिडिओमा मेस्सीले निकै प्रफुल्ल मुद्रामा टोलीसँग खुसी साटेका छन्। उनलाई पीएसजीका प्रतिनिधिले ट्रफी दिएका थिए।
क्लब फुटबलका सबैजसो उपाधि जितेका मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका थिए।
विश्वकप पछिको खेलमा पीएसजीले एक खेलमा जित र एक खेलमा हारको नतिजा व्यहोरेको छ। यी दुवै खेलमा मेस्सी अनुपस्थित थिए।






फोटो स्रोतः पेरिस सेन्ट जर्मेन (पीएसजी) को फेसबुक पेज















