अमेरिकी टिम बीवाईएसी पुग्यो आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
|
Getting your Trinity Audio player ready...
|
पोखरा । कास्कीको पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथ स्पोर्ट्स क्लब बीवाईएसी सेमिफाइनलमा पुगेको छ ।
अहिले चलिरहेको २२ औं संस्करणको गोल्डकपको मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै भुटानीहरुको क्लबले प्रतियोगितामा अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
६ पटकको आहा रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।
बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए ।
दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।








