सिस्टममा समस्या आएको भन्दै अनिश्चितकालका लागि पासपोर्ट वितरण बन्द
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालको राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै नयाँ पासपोर्ट वितरण तथा आवेदन बन्द गरेको छ । विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण मंगलवारदेखि अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।
विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले बताइन् ।
अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ ।







