एनआरएनए पेन्सिलभेनिया अध्यक्ष बैठाको ‘गाँव’ विमोचित
पेन्सिलभेनिया, अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष सुभाष कुमार बैठाद्वारा लिखित उपन्यास ‘गाँव’ विमोचित भएको छ।
इस्वित सम्वतको नयाँ वर्षको अवसर पारेर आइतवार ‘गाँव’ विमोचित गरिएको हो। बैठा विगत ढेड दशक देखि पेन्सिलभेनियाको इक्सटनमा बस्दै आएका छन्।
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा भोजपुरी भाषामा लेखिएको उपन्यान विमोचित गरिएको हो।
विमोचन कार्यक्रममा छिमेकी मुलुक भारतका भोजपुरीया अभियन्ता एवं साहित्यकार डा. संतोष पटेल, नेपालका भाषाविद एवं संस्कृतिकर्मी डा.गोपाल ठाकुर, महाकवि एवं भाषा आयोगका सदस्य गोपाल अश्कको सहभागिता रहेको थियो।
यस्तै पूर्व प्राज्ञ एवं वरिष्ठ साहित्यकार दिनेश गुप्ता, वरिष्ठ साहित्यकार राम प्रसाद साह, युवा साहित्यकार एवम् भोजपुरीया अभियानी आनन्द गुप्ता, र युवा साहित्यकार शिवनन्दन जयसवाल पनि सहभागि थिए।
कार्यक्रममा अमेरिकाबाट समाजसेवी अरविंद कुमार सिंह, नेपाल प्रहरीका पूर्व ए. आई. जी . नवराज ढकाल सहभागि थिए।
प्रियंका पाण्डेले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथिले आपसमा नयाँ वर्षको शुभकामाना साटासाट गर्दै लेखक बैठाको कार्यको प्रसंशा गरेका थिए।
कार्यक्रमको अन्त्यमा भोजपुरी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आनन्द गुप्ताले सबै सहभागी लाई धन्यवाद ज्ञापन गर्दै उपन्यासबारेमा सबै विद्वान एवम् बुद्धिजीवीहरूबाट सुझाव लिइ छिटै समालोचान किताब प्रकाशित गर्न वाचा गरेका थिए।
लेखक बैठाले समाजमा भएको सकरात्मक र नकारात्मक बदलावका साथै आफ्नो गाँउ समाजको माया मामतालाई ‘गाँव’मा समेटिएको बताए ।
‘वास्तवमा जो जहाँ जति सुख सुविधाले सम्पन्न रहे पनि उसलाई आफ्नो देश, गाँउ र समाजको मायाले सताई रहेका हुन्छ,’ लेखक बैठाले भने, ‘भौतिक सुख जति भए पनि भित्री सुखी हुदैन । मात्रृभूमीले उसलाई बोलाईरहेका हुन्छ, उसलाई मात्रृभूमीको मामताले सँधै आफु तिर तानिरहेका हुन्छ, त्यही कुरालाई उपन्यासको रुप दिएको हुँ।’
उपन्यासको सम्पादन डा. गोपाल ठाकुरले गरेका हुन्। यसको प्रकाशन भोजपुरी प्रज्ञा प्रतिष्ठानले गरेको हो।

















