कम्बोडियाको क्यासिनो आगलागीमा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परि मृत्यु भएका झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा पाण्डेसहित २४ जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री दाहालले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।








