उत्तर कोरियाले शनिवार पनि गर्यो ३ मिसाइल परिक्षण, यो वर्ष अहिलेसम्मकै धेरै परिक्षण
प्योङ्याङ् । उत्तर कोरियाले शनिवार पनि ३ वटा छोटो दुरीका ब्यालेष्टिक मिसाइल परिक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ ।
दक्षिण कोरियाली क्षेत्रमा उत्तर कोरियाली ड्रोन प्रवेश गरेको ५ दिन पनि नबित्दै फेरी ३ वटा मिसाइल परिक्षण भएको हो ।
योसंगै उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा धेरै मिसाइल परिक्षण सन् २०२२ मा गरेको बीबीसीले जनाएको छ ।











