तेस्रो पटक प्रधानमन्त्री बने इजरायलका नेतान्याहु
जेरुसेलम । इजरायली नेता बेन्यामिन नेतान्यहु तेस्रो पटकको लागि प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
७३ वर्षका नेतान्याहुले बिहीवार संसदमा लिएको विश्वासको प्रस्तावमा उपस्थित १२० सांसद मध्ये ६३ ले पक्षमा र ५४ ले विपक्षमा मतदान गरेका थिए ।
विश्वासको मत लगत्तै उनले प्रधानमन्त्रीको रुपमा शपथ समेत लिएका छन् । दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।
नेतान्याहुमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । इजरायलमा चार वर्षमा पाँचौ पटक निर्वाचन भएको थियो । तर, निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् ।
तेस्रो इनिङ्का लागि चुनिएका नेतान्याहुले करिब २ महिना लगाएर बनाएको गठबन्धनको सहयोगमा प्रधानमन्त्री बन्न सफल भएका हुन् ।














