३ वर्षको लागि क्रिष्टियानो साउदी क्लबसंग अनुबन्धित
दोहा । क्रिष्टियानो रोनाल्डोले सन् २०२५ सम्मको लागि साउदी क्लब अल नासरसंग अनुबन्धित भएका छन् ।
पोर्चुगलको राष्ट्रिय फुटबल टीमको क्याप्टेन समेत रहेको रोनाल्डो यही वर्ष एक अन्तरवार्ताका क्रममा म्यानचेष्टर युनाइटेड विरुद्द गरेको टिप्पणीका कारण फ्री एजेन्टका रुपमा रहेका थिए ।
नयाँ क्लबमा अनुबन्ध भएसंगै उनले इतिहासकै सबैभन्दा धेरै तलब खाने फुटबलरको रुपमा पनि दरिएको बीबीसीले जनाएको छ ।
उनको वार्षिक तलब १७७ मिलियन पाउण्ड हुने समाचारमा उल्लेख गरिएको छ ।

अनुबन्धन पछि उनले भने, “म नयाँ अनुभवको लागि निकै उत्साहित छु । नयाँ लिग र फरक देशमा फुटबल करियर सुरु गर्दैछु।“
यता उनलाई अनुबन्धन गरेको साउदी प्रो लिगको च्याम्पिन अल नासरले पनि यो घटनाक्रमलाई इतिहासको गर्विलो क्षण भनेको छ ।
यसअघि यो वर्षको सुरु तिरै रोनाल्डोले साउदी अरेबियाको अर्को फुटबल टीम अल हिलालको ३०५ मिलियन पाउण्डको अफर अस्वीकार गरेका थिए । त्यस समयमा युनाइटेडमै रहेका क्रिष्टियानोले आफु त्यस समयकै क्लबमा खुशी रहेको जवाफ दिएका थिए ।
















