३३ वर्ष पुग्यो आङ् साङ् सुचीको जेल सजाय
म्यानमार । म्यानमारको सैन्य अदालतले उनलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । नयाँ फैसला आएसंगै उनको कूल जेल सजाय अब ३३ वर्ष पुगेको छ ।
सन् २०२१ को फेब्रुअरीदेखि नजरबन्दमा राखिएको सुचीलाई सैन्य सरकारले विभिन्न १९ आरोप लगाएको छ । उनी माथिको अनुसन्धानको लागि करिब १८ महिना लागेको थियो ।
ती मध्ये पनि बाँकी रहेको ५ आरोपको सजाय शुक्रवार मात्रै आएको छ जसमा उनलाई थप ७ वर्ष काराबासको आदेश भएको छ ।
बीबीसीका अनुसार अदालतले, सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।
उनीलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ । ७७ वर्षीया नोबेल पुरस्कार बिजेता सुचीले आफ्नो जीवनको लामो समय राजधानी नेपिडोस्थित घरमा नजरबन्दमा विताएकी छन् ।














