सत्ता समिकरणबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । विभिन्न ८ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल र संसदको दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रवार बिहान भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए । दुइ नेताबीच करिब २ घण्टा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा दुई नेताले सत्ता समिकरणका साथै मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।
बिहीबारमात्रै गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले दाहाल नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाएको थियो भने गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । सो समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नसमेत म्यान्डेट दिएको छ ।








