अमेरिकी राजदूत र प्रधानमन्त्री बीच भेटवार्ता
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । बिहीवार नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसन र नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै उनको सचिवालयले भेट भएको फोटो समेत प्रकासित गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ । भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।













