ट्वीटरमा अझै पनि देउवा नै नेपालका प्रधानमन्त्री !
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल अझै नयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण भएको छैन ।
ट्वीटरमा नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल @PM_Nepal_ मा अझै पनि शेरबहादुर देउवाको फोटो र उनले शपथ लिदै गरेको फोटो प्रोफाइल र डेक्सटप फोटोको रुपमा राखिएको छ ।
यो समाचार तयार पार्दासम्म पनि उनी नै नेपालका प्रधानमन्त्री रहेको बायोमा पनि उल्लेख छ ।
६ लाख ७६ हजार फलोअर्स रहेको सो एकाउण्ट अझै प्रधानमन्त्री प्रचण्डको सचिवालयलाई हस्तान्तरण नगरिएको बुझिएको छ ।








