बालुवाटार छाडेर भाडाको घरमा सर्दै देउवा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । बुढानिलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइरहेको हुँदा नेपाली कांग्रेका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोली भाडाको घरमा सर्न लागेका छन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीमा भाडाको घरमा सर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् ।
‘बुढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, उनले भने ।
१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।
तर उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए । त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ ।
धुम्बाराहीमा खोजिएको भाडाको घरमा ४-५ वटा गाडी पार्किङमा अटाउन सक्ने ठाउँ छ ।












