मनकामना केबलकारको सेवा अवरुद्ध
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
गोरखा । गोरखास्थित मनकामना केबलकारको सेवा अवरुद्ध भएको छ । विद्युत आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा ठुलो क्षति पुग्न गएको कम्पनीले जनाएको छ ।
मर्मत गर्न निर्माता कम्पन अष्ट्रियाको डोपलमायरकै प्राविधिकनै आउनु पर्ने भएकाले अर्को सूचना नभएसम्म केबलकार सेवा स्थगन रहने जनाइएको कम्पनीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै कम्पनीले मर्मत गरेर यथा सक्दो चाँडो सेवा सुचारू गर्ने जनाएको छ ।











