सत्ता गठबन्धनको औचित्य सकियोः प्रचण्ड
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धनको औचित्य सकिएको बताएका छन् ।
बालुवाटारमा देउवासंग भएको बैठकमा कुरा नमिलेपछि उनले निस्कने बेला औचित्य सकिएको बताएर निस्केको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले बताए ।
बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि सत्ता गठबन्धन करिब अन्तिम बिन्दुमा पुगेको हो।
उक्त बैठकमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि सत्ता गठबन्धन सकिएको घोषणा गरेको बताए।
‘सत्ता गठबन्धन बचाउन धेरै प्रयास गर्यौँ तर सकिएन’, उनले बैठकपछि भने। उक्त बैठकमा प्रचण्डले सत्ता गठबन्धनको औचित्य सकिएको भनेर हिँडेका थिए।
मंसिर ४ को निर्वाचनपछि सत्तारुढ दलबीच शक्ति बाँडफाँडका क्रममा माओवादीले पहिलो कार्यकाल प्रधानमन्त्री दाबी गरेको थियो।
पहिलो कार्यकाल प्रचण्डले प्रधानमन्त्री बन्ने अडान लिएका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिए। त्यसपछि प्रचण्डले सत्ता गठबन्धनको औचित्य सकिएको घोषणा गरेर हिँडे।
प्रचण्डको निष्कर्ष जस्तै वरिष्ठ नेता पौडेलले पनि अब सत्ता गठबन्धनको बैठक बस्न नसक्ने बताएका छन्।
















