गठबन्धन बैठक छोडेर प्रचण्ड ओलीलाई भेट्न बालकोटमा
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बीचमै छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
बैठक सुरु भएको एक घण्टा पनि नहुँदै प्रचण्ड बालुवाटारबाट निस्किएका हुन् । प्रचण्ड बालुवाटारबाट निस्किएको उनको प्रेस संयोजक रमेश मल्ले पुष्टी गरे ।
आइतवार बालुवाटार आउनुपुर्व प्रचण्डले आफ्नो पार्टीका नेताहरुलाई भेट्दा प्रधानमन्त्री नपाए गठबन्धन छोड्ने मनसाय बनाइसकेको बताएका थिए ।











